कोरोना संक्रमित १७ थपिए ,नेपालमा संख्या ४४४ पुग्यो



काठमाडौ,जेठ ८ । कोरोना संक्रमित १७ जना पुनः थपिएका छन। पछिल्लो अद्द्यावधिक विवरण अनुसार १७ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको हो।

नयाँ संक्रमितहरु झापास्थित कचनकवल गाउँपालिका निवासी १५ जना पुरुष,धनकुटाका १ पुरुष र धरानका १ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्