गुल्मीका कोरोना संक्रमितको मृत्यु,संख्या ३ पुग्यो



काठमाडौं,जेठ ८ ।गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको क्रिमसन  अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले बताएका छन् ।

अध्यक्ष पाण्डेका अनुसार गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्