थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४८७ पुग्यो



काठमाडौं, जेठ ९ । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  शुक्रबार विहानै ३० जनामा कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी,चितवन,कपिल वस्तु र सर्लाहीका रहेका छन् ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्