भारतबाट मार्बल लिएर टोखा आइपुगेको ट्रकका सहचालक मा कोरोना पोजिटिभ



काठमाडौ,जेठ ९ । भारतबाट मार्बल लिएर टोखा आइपुगेको ट्रकका सहचालकमा कोरोना पोजिटिभ पाइएको छ। बिहीबार भारतबाट मार्वल लिएर टोखा आइपुगेको एक ट्रकका सहचालकमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बानियाँटार युवा समाजका अध्यक्ष प्रविण बानियाँका अनुसार ट्रकका सहचालक भारतको राजस्थान घर भएका ४० बर्षिय पुरुष रहेका छन। उनको आर डि टि विधिबाट गरिएको कोरोना परिक्षण नतिजा पोजेटिभ आएको हो । ट्रकका चालकको परीक्षण नतिजा भने नेगेटिभ आएको छ।

जिए ७१६७ नम्बरको उक्त  भारतीय ट्रक टोखा नगरपालिकाको वडा नं ३ स्थित एक हार्डवेयरमा सामान लिएर आएको सूचना पाए लगत्तै बानियाँटार युवा समाज र जनकल्याण सामाजिक केन्द्रका टोली निरिक्षणमा पुगेका थिए ।

टोलीले सोही वडाका वडा अध्यक्ष ,प्रहरी लगायतको समन्वयमा  कोरोना परिक्षण गर्न दबाब दिएसंगै  उनीहरुलाई टोखास्थित चण्डेश्वरी स्वास्थ केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

अहिले ट्रकलाई नियन्त्रणमा लिई  युवालाई भने टेकु पठाईएको क्लबका अध्यक्ष बानियाँले बताए।

क्लबका अध्यक्ष बानियाँ भन्छन् :-

प्रतिक्रिया दिनुहोस्