भोलि सार्वजनिक बिदा



काठमाडौ ,जेठ १०  । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन आइतबार (भोली) सरकारले सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ईदुल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुने भएकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्