झोर नजिकै पञ्चेटारमा भयानक सडक दुर्घटना,दुईको घटनास्थलमै ज्यान गयो



काठमाडौ,जेठ ११ । टोखा नगरपालिका वडा नम्बर १ झोर नजिकै पञ्चेटारमा भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ। ज्यान गुमाउनेमा झोरका २० वर्षीय पासाङ तामाङ र मनोज दुलाल रहेको वडा नम्बर १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो।

तीब्र गतीमा रहेको तीनवटा मोटरसाइकल एकआपसमा जुध्दा घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते मृतक मनोजका आमा मथुरा दुलाल उपचारार्थ ग्रीनसिटी अस्पताल लगिएको टोखा प्रहरीले जनाएको छ।अर्का एक घाइतेको भने नाम खुल्न नसके बताइएको छ।

दुर्घटनास्थलको भिडियो

सिसिटिभी फुटेज हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्