नुवाकोटमा पहिलो कोरोना संक्रमित पुष्टि



नुवाकोट,जेठ ११ । नुवाकोटमा पहिलो पटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा गरिने नियमित ब्रीफिङका क्रममा संक्रमितको पुष्टि भएको हो। नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो । अध्यक्ष लामाका अनुसार काठमाडाैँ महानगरपालिकाको समन्वयमा गत ६ गते भएको कोरोना परीक्षणका क्रममा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्थानीस्तरमा राजनीति कार्यकर्ताका रुपमा समेत रहेका कोरोना पुष्टि भएका ती पुरूषले विभिन्न कार्यक्रममा समेत सहभागिता जनाएको बुझिएको छ। संक्रमण पुष्टि भएसंगै  ती ब्यक्तिलाई काठमाडौँ लैजाने तयारी भएको  छ ।

प्रतिक्रिया दिनुहोस्