काठमाडौको टोखासहित विभिन्न ठाउँमा ७२ जनामा कोरोना संक्रमण पुष्टि,संख्या ६७५ पुग्यो



काठमाडौ , जेठ १२। नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

सोमबार काठमाडौँको टोखा र बुढानिलकण्ठमा ३ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौमा पुष्टि भएका संक्रमित वडा नम्बर ३ र ६ को १/१ जना रहेको टोखा नगरपालिकाले जनाएको छ।

टोखा र बुढानिलकण्ठमा ३ जना सहित धनुषामा ३ जना, कपिलवस्तुमा ३ जना, रौतहटमा २६जना, सप्तरीमा २ जना, बर्दियामा १ जना, बाँकेमा ४ जना, बारामा २३ जना र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्