कुण्डलादेवी मन्दिर पुनर्निर्माण सुरु



नुवाकोट,जेठ १२ । कुण्डलादेवी मन्दिर पुनर्निर्माण सुरु भएको छ।नुवाकोटको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमानास्थित भद्रुटारमा रहेको कुण्डलादेवी मन्दिर पुनर्निर्माण सुरु भएको हो।

महाभुकम्प पछि मन्दिर परिसरको जमिन भासिएर गएको र मन्दिर सतहसम्म मिलाउन पुनः पिलर तथा ढलान कार्य थालिएको निर्माण कमिटीका अध्यक्ष रघुबीर तामाङले बताए ।

पञ्चकन्या गाउँपालिकाद्वारा विनियोजित २ लाख रुपैयाँमा अहिले जिर्ण भुभाग मिलाउने काम भैरहेको छ भने शिवपुरी गाउँपालिकाको ९० हजार रुपैयाले मन्दिर निर्माण कार्यले पुर्णता पाउने अध्यक्ष तामाङले बताए।

भत्किएर जीर्ण भएको मन्दिर परिसर तस्बिरमा

गाउँकी देवीको रुपमा परिचित कुण्डलादेवी मन्दिरमा हरेक वर्ष मंसिर  पुर्णिमाको पञ्चमी तिथिका दिन भव्य मेला लाग्ने गर्दछ ।बनपाले जात्राको रुपमा समेत परिचीत यस मेलामा नुवाकोटको शिवपुरी,पञ्चकन्या र काठमाडौदेखि समेत दर्शनार्थीको भिड लाग्ने गर्दछ।अभाग्यको समेत भाग्यवृद्धि गरिदिने आख्यान रहदै आएको देवीको रुपमा परिचित कुण्डलादेवी मन्दिरको नाममा स्थानीय विद्यालय तथा बित्तिय संघ संस्था समेत नामकरण भइ संचालनमा रहेको स्थानीय युवा प्रकाश तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्