एक मृतकसहित ७ संक्रमित थपिए,जम्मा संख्या  ६८२



काठमाडौं, जेठ १२ । नेपालमा कोरोना भाइरसको संक्रमित ७ जना थपिएका छन् यसअघि विहान ७२ जना संक्रमित थपिएका थिए । पछिल्लो क्रममा मृतकको संख्या एक जना थपिएको छ। यससँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमध्ये ६०३ पुरुष र ७९ महिला रहेका छन्  ।

आज थपिएका संक्रमितमा बाराका ७० वर्षीय मृतक वृद्ध हुन ।

प्रतिक्रिया दिनुहोस्