दलित युवकको हत्या बारे छानवीन गर्न राष्ट्रिय मानव अधिकार आयोगको माग



काठमाडौ,जेठ १३ ।दलित युवकको हत्या बारे छानवीन गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गर्न माग गरेको हो । घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्दै आयोगले मंगलबार विज्ञप्ति जारी गरेको छ।

बिज्ञप्तीमा आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्ठा भनेको छ । आयोगले घटनामा प्रभावकारी अनुसन्धानका लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ ।

गत शनिबार जेठ १० गते पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो ।  घटनामा तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।घटनाको वास्तविकता आउन अझै केहि समय लाग्ने प्रहरीले जनाएका छन ।

यस सम्बन्धि घटना बारे जान्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्