विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो



एजेन्सी, जेठ १४ ।विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका हुन । बितेको  २४ घण्टामा मात्रै ९४ हजार २ सय २४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २ सय ७१ पुगेको छ ।

यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ३८ पुगेको छ ।

त्यस्तै, संक्रमितमध्ये २४ लाख २६ हजार ४ सय जना निको भएका छन् । २९ लाख २ सय २ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्