क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु



बर्दिया, जेठ १४ । क्वारेन्टाइनमा रहेका एक पुरुषको निधन भएको छ। बर्दियाको क्वारेन्टाइनमा बसेका एक  पुरुषको मृत्यु भएको हो । जिल्लाको  बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय एक पुरुषको सुतेकै ठाँउमा मृत्यु भएको हो ।

सदरमुकामस्थित बबई क्याम्पसमा क्वारेन्टाइनमा बसेका उनी गुलरिया नगरपालिका–९ का बासिन्दा हुन।

उनको शव जिल्ला अस्पताल रहेको र कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्