नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुग्यो,११४ नयाँ थपिए




काठमाडौं,जेठ १४ । नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। बुधवार मात्रै ११४ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्