नुवाकोटमा हावाहुरीका साथ भीषण असिनापानी (भिडियो )



नुवाकोट ,जेठ १४ । नुवाकोटमा हावाहुरीका साथ भीषण आसिनापानी परेको छ। आज दिउँसो ११ बजेदेखि परेको हावाहुरी सहितको असिनापानीले किसानले बारीमा लगाएको तरकारी तथा  हिउँदेबाली सखाप पारेको छ।

 बुधबार मध्याह्न परेको असिनापानीले जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत पर्ने दुप्चेस्वर गाउँपालिका वडा न. १ घ्याङफेदिको सिसिपुमा सबैभन्दा ज्यादा क्षति पुराएको स्थानीय शिक्षिका निर्मला सिलवालले बताए। शिक्षिका सिलवालका अनुसार छिनभरमै खेतको हरियाली बाली सखाप बनाएको हो ।

नुवाकोट जिल्ला दुप्चेस्वर गाउँपालिका वडा न. १ घ्याङफेदिको सिसिपु भन्ने ठाउँ परेको असिना

जिल्लामा अहिले कृषकहरुले नगदेको रुपमा लगाएको तरकारी खेतीमा समेत क्षति पुराएको अगुवा नमुना कृषक राम पुडासैनीले साझापथसंगको कुराकानीमा बताउनुभयो। उनका अनुसार आजको असिना पानीले जिल्लाको उत्तरपुर्वी क्षेत्रका कृषि बालीमा बढी क्षति पुगेको अनुमान छ।

जिल्ला को पुर्वी क्षेत्र अन्तर्गत पर्ने शिवपुरी गाउँपालिका क्षेत्रमा समेत असिनापानीले क्षति पुराएको छ।महाकालीका स्थानीय युवा प्रकाश तामाङले बेलुकीपख परेको असिनापानीले तरकारी तथा मकै खेती सखाप बनाएको बताए।

के कति क्षति भए  विवरण भने आउन बाकी रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ।

जिल्लाको पुर्वी क्षेत्र शिवपुरी गाउँपालिकास्थित महाकालीमा परेको असिनापानी

प्रतिक्रिया दिनुहोस्