आज १३ औं गणतन्त्र दिवस,गृहले भन्यो दिपावली गरेर मनाउनु



काठमाडौ ,जेठ १५ । नेपालमा आज १३ औ गणतन्त्र दिवस मनाईदै छ।  विक्रम संवत  २०६५ जेठ १५ गतेदेखि संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रमसहित यो दिवस मनाइदै आएको छ । आजकै दिन झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको थियो ।

गणतन्त्र दिवसकै अवसरमा गृहमन्त्रालयले तीन दिन दिपावली गरी मनाउन नेपाली नागरिकलाई अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको हो। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने तय भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्