थप १५६ मा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या हजार नाघ्यो



काठमाडौं,जेठ १५ । नेपालमा संक्रमितको संख्या हजार नाघेको छ।विभिन्न जिल्लामा थप कोरोना भाइरसका १ सय ५६ जना संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत विभिन्न जिल्लामा थप १ सय ५६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ जनासहित संक्रमितको संख्या १०४२ पुगेको जानकारी दिएका छन् । हिजो दिउँसो ४ बजेसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो ।

पूरा विवरण यहाँ हेर्नुस्

प्रतिक्रिया दिनुहोस्