नुवाकोटको शिवपुरीमा क्वारेनटाइन विवाद ,जनतासंग मुढभेड गर्ने कुरा भएन अध्यक्ष थापा



नुवाकोट,जेठ १५ । नुवाकोटको शिवपुरी गाउँपालिकामा क्वारेन्टाइन कहाँ राख्ने भन्ने  बिषयमा विवाद भएको छ। बाहिरबाट गाउँपालिका क्षेत्रमा प्रवेश गरेकालाई कहाँ राख्ने भन्ने बिषयमा ठोस निर्णय हुन नसक्दा विवाद भएको हो।

गाउँपालिका भित्र १२ जना भारत तथा  बाहिरी क्षेत्रबाट प्रवेश गरेका स्थानीय रहेका छन। सम्भावित जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले तोकेको क्वारेन्टाइन स्थलमा विवाद आएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। ‘जता राख्छौ भन्दा पनि सुख भएन’ अध्यक्ष थापाले भने ‘जनतासंग विवाद गर्न पनि भएन ।’

अध्यक्ष थापाका अनुसार पुर्व निर्धारित विद्यालयमा क्वारेन्टाइन राख्न विवाद भएपछि अहिले गाउँपालिकाले प्रयोग गर्दै आएको भाडाको भवनमा क्वारेन्टाइन कक्ष राखिएको छ।अघिल्लो दिन फलानो ठाउँमा राख्ने भनिएपनि स्थानीयको अवरोधका कारण तोकिएको ठाउँमा क्वारेन्टाइन राख्न नसकिएको गाउँपालिकाको भनाइ छ।

यता स्थानीयले भने गाउँपालिकाले  क्वारेन्टाइनका लागि निर्णय भएको ठाँउ रातारात परिवर्तन गरेको आरोप लगाएका छन् । शिवपुरी गाउँपालिका वडा नम्बर ५ चामुरेका स्थानीय आवास श्रेष्ठले गाउँपालिकाले सुरुमा निर्णय गरेको ठाउँमा क्वारेन्टाइन बनाउन नसक्दा समस्या उत्पन्न भएको बताए । गाउँपालिकाले यसअघि भुमेदेवी माध्यमिक विद्यालयलाई गाउँपालिकाको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।

बिहिवार गाउँपालिकाले पहिले गरेको निर्णय परिवर्तन गरी गाउँपालिकाको ५ नम्बर वडास्थित  मुलाबारी आधारभूत विद्यालयमा राख्ने भएपछि स्थानीयले अवरोध गरेको बताइएको छ।

गाउँपालिकाद्वारा गरिएको पहल तथा स्थानीयको भनाइ हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्