थप १७० मा कोरोना संक्रमण,संक्रमितको संख्या १२१२ पुग्यो



काठमाडौं, जेठ १६ । नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यससँगै कोरोना भाइरसका संक्रमितको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्याबारे जानकारी दिदै दिनानुदिन संक्रमित संख्या बढिरहेको जनाएका छन् ।

आज थपिएकामा १६५ पुरुष र ५ जना महिला छन् ।

अहिलेसम्म कुल पाँच जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्