कोरोनालाई जितेर फर्किए नुवाकोटका पहिलो संक्रमित



नुवाकोट, जेठ १६ । कोरोनालाई जितेर नुवाकोटका पहिलो संक्रमित घर फर्किएका छन। नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुङ्गाना (विश्वास) कोरोनालाई जितेर घर फर्किएका हुन।

ढुंगाना गत आईतबार कोरोना संक्रमण पुष्टि भएपछि टेकु अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनमा पुन आरडिटी चेक गर्दा संक्रमण नदेखिएपछि  उनी कोरोनालाई जितेर घर फर्किएका हुन।क्वारेन्टाइनमा बसेका उनको पिसिआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् उनलाई घर पठाइएको हो ।

पुन स्वाब संकलन गरी चेकजाँच गर्दा कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टाइनबाट उनलाई बिदाइ गरिएको हो । साथै उनलाई घरमा समेत सावधानी अपनाउन सुझाइएको  छ ।

प्रतिक्रिया दिनुहोस्