आफूले पाउने भत्ता कोरोना कोषलाई दिने नुवाकोटका सांसद केशव पाण्डेको घोषणा



नुवाकोट,जेठ १७ । नेकपाका नुवाकोटका सांसद तथा बागमती प्रदेशसभाका प्रमुख सचेतक केशव पाण्डेले आफ्नो भत्ता कोरोना राहात कोषलाई दिने घोषणा गरेका छन ।

शुक्रवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पाण्डेले लकडाउन शुरुभएदेखि यताको सबै भत्ता कोरोना राहात कोषलाई दिने घोषणा गरेका हुन । कोरोना राहात कोषमा आफ्नो भत्ता जम्मा गर्ने निर्णयसँगै सांसद पाण्डेलाई सामाजिक संजालमा बधाई दिनेहरुको भिड लागेको छ ।

सांसद पाण्डेको भत्ता नलिने घोषणासँगै जिल्लाका अन्य सांसदहरुलाई समेत राम्रो कामबाट अरुले सिक्नुपर्ने भन्दै सामाजिक संजालमार्फत दवाव आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्