नेपालमा कोरोना संक्रमित १८९ थपिए, संख्या १४०१ पुग्यो



काठमाडौं । नेपालमा थप १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लामा १ सय ८९ जना थपिएसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको जानकारी दिए ।

नयाँ संक्रमितमध्ये कपिलवस्तुमका ७७ जना छन् । नयाँ ७७ जनासहित देशभरमा सबैभन्दा धेरै कपिलबस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्