जेठ ३२ सम्म लकडाउन बढाउने निर्णय,सेना परिचालन पनि हुने



काठमाडौ , जेठ १८ । सरकारले जारी लकडाउनलाई  जेठ ३२ गते सम्म बढाउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो ।

कोरोना रोकथाम गर्न गरेको लकडाउन आउँदो २० गते समय अवधि सकिनै लाग्दा  सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । दिनप्रदिन कोरोना संक्रमित उच्च दरले बढ्न थालेपछि सरकारले लकडाउनलाई जेठ ३२ सम्म लम्बाउने निर्णय गरेको हो ।

यसैगरि मन्त्रिपरिषद्को बैठकले  कोरोना संक्रमण बढी भएको स्थानमा सेना परिचालन गर्ने समेत निर्णय गरेको छ । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्