धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भुकम्प



काठमाडाैं ,जेठ १८ । शनिबार बेलुकी ९ बजेर ३६ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएकाे छ।भुकम्पको धक्का  राजधानी काठमाडाैंमा समेत  महशुस गरिएको थियो  ।

काठमाडौं, धादिङ, नुवाकोट लगायत  विभिन्न जिल्लामा यसको धक्का महशुस भएको थियो  ।

याे भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्