थप १६६ मा कोरोना संक्रमण,संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौं,जेठ १८ । नेपालमा विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको जानकारी दिए ।  

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्