ककनीमा बिकास निर्माणको काम तिव्र


नुवाकोट, जेठ १९ । नुवाकोटको पर्यटकीय क्षेत्र ककनी गाउँपालिका वडा नम्बर ४ ले विकास निर्माणको कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ। वडा नम्बर ४ मा हालै झण्डै डेढ करोड बराबरको योजना अन्तर्गतका कामहरु अगाडि बढिरहेको वडाध्यक्ष्य दिपेश तामाङले बताएका छन् ।
बिकास निर्माणका काममध्ये जोगरेस्थित फुटबल चौर निर्माण,हिलेडाडाको मन्दिर संरक्षणका लागि पर्खाल ब्यवस्थापन जस्ता कार्य अगाडि बढिरहेका छन्।त्यस्तै गौणेश्वर पिकनिक क्षेत्र निर्माण लगायतका योजना समेत संचालन भैरहेको अध्यक्ष तामाङले बताएका छन।
उनका अनुसार वडा नम्बर ४ अन्तर्गत पैतीस किलोमिटर सडक ढलान कार्य समेत अघि बढिरहेको छ।त्यस्तै पर्यटकीय ओझेलमा रहेको गर्वासी मन्दिर संरक्षणको कार्य पनि धमाधम भैरहेको बताइएको छ।

यस सम्बन्धि भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्