वीरेन्द्र वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड १९ वर्ष बित्यो,घटना अझै रहस्यमय



काठमाडौ,जेठ १९ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा भएको  छ ।  ठिक १९ वर्ष अघि आजकै दिन अर्थात २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाहसहित सपरिवारको हत्या भएको थियो ।

नेपालको इतिहासमा नेपाली  राजनीतिलाई नयाँ मोड दिलाउने उक्त  हत्याकाण्डको मुख्य दोषी  तत्कालिन युवराज दीपेन्द्र शाहलाई  देखाइएको थियो यद्यपि यसको पुष्टि र गाम्भिर्यता भने अझै रहस्यमय बन्दै गएको छ। । तत्कालीन सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले पारिवारिक विवादका कारण सपरिवारलाई मारेको  निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

हत्याकाण्डमा परी वीरेन्द्रका रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत कुल १० जनाको दरबार हत्याकाण्डमा ज्यान गएको थियो ।

नेपालको इतिहासमा एउटा कालो रातका रुपमा १९ जेठ २०५८ को शुक्रबार साँझलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्