थप १३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८११ पुग्यो



काठमाडौ,जेठ १९ । सोमबार बेलुकी थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।

उनकाअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १८११ पुगेको छ।हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। 

प्रतिक्रिया दिनुहोस्