नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना



नुवाकोट,जेठ २० । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरेको छ।गाउँपालिकाले आफ्नै खर्चमा उक्त क्वारेन्टाइन स्थापना गरेको हो ।पञ्चकन्या गाउँपालिकाको वडा नम्बर -२ स्थित कालिका माध्यमिक विद्यालय पुरानोडाडामा स्थापना गरिएको सुविधा सम्पन्न क्वारेन्टाइनमा ५४ बेड रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत पुडासैनीका अनुसार तत्काल २१ बेड तयारी अवस्थामा रहेको छ। वर्षाका कारण सामान ढुवानीमा कठिनाइका भएकाले केहि दिनमै सबै बेड तयार हुने उनले बताए।

देशमा पछिल्लो क्रममा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएकाले उच्च जोखिमप्रती सजगता अपनाएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो। शुक्रबारदेखि संचालनमा आएको क्वारेन्टाइनमा प्रतिब्यक्ति कुरुवा स्वास्थ्यकर्मीको समेत ब्यबस्थापन गरिने गाउँपालिका श्रोतले जनाएको छ।

त्यस्तै क्वारेन्टाइन स्थलमा बिरामीका लागि वाईफाईको ब्यबस्था,भान्साको ब्यबस्था,सुरक्षाकर्मी तथा सिसिक्यामराको प्रत्यक्ष निगरानी रहने छ।

यसअघि गाउँपालिकाले तोकेको घ्याङस्वारा क्वारेन्टाइन सबै वडा क्षेत्रका नागरिकलाई अनुकुल नभएको भन्दै भेगिए दृटिकोणले वडा नम्बर २ मा समेत क्वारेन्टाइन स्थापना गरिएको बताइएको छ।

समाचार सम्बन्धि भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्