एकै दिन थप २८८ जनामा कोरोना संक्रमण , नेपालमा संक्रमितको संख्या २०९९ पुग्यो



काठमाडौ ,जेठ २० । नेपालमा गएको २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आज थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

यसैगरि आज थप ४५ जनामा कोरोना निको भएको समेत स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या २ सय ६६ पुगेको छ । जसमा २१२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

थप विवरण हेर्न तलको लिन्कमा हेर्न सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस्