नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार



काठमाडौ,जेठ २० । नेपालमा हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ४५ हजारभन्दा बढी हेको सरकारले जानकारी दिएको छ । कोरोना बिषयमा नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म सातै प्रदेशमा गरी कुल एक लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिएका हुन ।

देशमा सबैभन्दा बढी सुदूरपश्चिम क्षेत्र प्रदेशका क्वारेन्टाइनमा ४४ हजार ८ सय १७ जना रहेको प्रवक्ता डाक्टर देवकोटाले जनाएका छन् । त्यस्तै सबै भन्दा कम बागमती प्रदेशमा ३ हजार ८ जना रहेका छन् ।

प्रदेश एकमा ३ हजार ६ सय ३५ जना, प्रदेश २ मा २२ हजार ५ सय ३६ जना, बागमती प्रदेशमा ३ हजार ८ जना, गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना, प्रदेश ५ मा ४० हजार ६ सय १७ जना, कर्णाली प्रदेशमा २६ हजार ४ सय ४७ जना र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यसैगरी अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने देशभर कोरोना ठिक भएर डिस्चार्ज हुनेको संख्या २ सय ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्