टोखाका कोरोना संक्रमित निको भइ घर फर्किए



काठमाडौ,जेठ २० । टोखाका कोरोना संक्रमित निको भइ घर फर्किएका छन। टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीय पुरुष कोरोना भाइरसबाट  संक्रमित भइ काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका थिए । उनी मंगलबार कोरोना  मुक्त भएर डिस्चार्ज भएका हुन ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टेकु अस्पतालमा उपचाररत उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन।

नगरप्रमुख अधिकारीले उनीसंगै टोखा-३ का २७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनीहरुको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ६१ जनाको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको छ।

यससँगै संक्रमित भेटिएका स्थानहरुमा गरिएको शिल पूर्ण रुपमा फुकुवा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्