थप २०१ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २३०० पुग्यो



काठमाडौँ,जेठ २१ । बुधबार एकैदिन २०१ जना काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन् ।

देवकोटाका अनुसार बुधबार थप २०१ जनामा संक्रमण देखिएको हो। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । कुल ६१ जिल्लामा संक्रमित बिरामी देखिएको कोरोनाबाट अहिलेसम्म ९ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्