भारतमा अलपत्र नेपाली लिएर आउँदै गरेको गाडी दुर्घटना,चारको मृत्यु



कैलाली, जेठ २२ । भारतमा अलपत्र नेपाली लिएर आउँदै गरेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको हो ।

घटना गएरातीको हो। यात्रुवाहक बस दुर्घटना हुँदा ड्राइभर सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।

घाइतेहरुको संख्या घेरै रहेको र केहि घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाइएको छ ।

मृतक तथा घाइतेको थप विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्