बिराटनगरबाट आज थप २८ जना कोरोनालाई जितेर घर फर्कदै



बिराटनगर, जेष्ठ २२ ।  बिराटनगरबाट आज थप २८ जना कोरोनालाई जितेर घर फर्कन लागेको अस्पताल श्रोतले जनाएको छ। बिहिवार मात्रै विराटनगरस्थित काेशि अस्पतालकाे काेराेना विशेष अस्पतालमा उपचाररत २८ जना संक्रमण मुक्त भइ घर फर्कन लागेका हुन।

पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना भाईरस नेगेटीभ देखिएपछि उनीहरुलाई केहि बेरमै डिस्चार्ज गर्न लागिएको जनाइएको छ ।

डिस्चार्ज हुनेमा २२ जना पुरुष र ६ जना महिला रहेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

संयोजक बस्नेतका अनुसार अस्पचालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्