आज देखिने चन्द्रग्रहण के छ नेपालमा प्रभाव?



काठमाडौँ, जेठ २३ । जेठ शुक्ल पुर्णिामाका दिन चन्द्रग्रहण लाग्ने हल्लाकाे पछि नलाग्न नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गाैतमले आग्रह गरेका छन् ।

हरेक पुर्णिामाका दिन चन्द्र ग्रहण र आैशीका दिन सूर्य गहण लाग्ने गर्दछ । पञ्चाङ्ग गणना गर्ने क्रममा आज पूर्णिमाका दिन चन्द्रग्रहण भनेर नेपालकाे कुनै पनि स्थानबाट नदेखिने भएकाले यसकाे महत्व नरहेकाे समेत जानकारी गराएका छन् । शास्त्रीय वचनमा पनि जुन स्थानबाट ग्रहण देखिन्छ उक्त स्थानमा मात्रै ग्रहणकाे दाेष लाग्ने र सुतक कालपनि बार्नु पर्ने नियम शास्त्रमा उल्लेख गरिएको छ । विश्वका अरु स्थनबाट देखिने आजकाे चन्द्र ग्रहणलाई लिएर नेपालमा अनावश्यक प्रचार नगर्न समेत समितिले आग्रह गरेकाे छ । याे चन्द्र ग्रहण एसिया,यूरोप,अस्ट्रेलिया अफ्रिकाबाट मात्रै हेर्न सकिन्छ र याे उप-छाया ग्रहण अर्थात “पीनम्ब्रल” भनेर भनिएकाे छ ।

यस्ताे अवस्थामा पृथ्वीकाे मुख्य छायाकाे बाहिरी हिस्सा चन्द्रमामाथि पर्दछ । खगाेलविद् तथा वैज्ञानिक हरुले बताए अनुसार याे एकप्रकारकाे उप-छाया ग्रहण भएकाले यसकाे असर एकदमै कम पर्ने बताइएको छ ।यस्ताे प्रकारकाे खगाेलीय अवस्था हेर्न समेत कठिन हुने जानकारी गराएका छन् ।

नेपालमा असार ७ गते आैशीका दिन लाग्ने सूर्य ग्रहण बाहेक अन्य कुनै पनि ग्रहण नरहेकाेर समितिले जानकारी गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस्