२६ जना नेपाली म्यानमारबाट स्वदेश आईपुगे



काठमाडौं,जेठ २२ । म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जनाएका छन् ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसंगै  नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिनेछ त्यस लगत्तै तोकिएको क्वारेन्टिनमा राखिने श्रोतले जनाएको छ ।

त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ । नेपाल आउनेमा विश्व साईकल यात्रामा निस्केका हेटौँडाका विक्रम भारती पनि  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्