नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो



काठमाडौ,जेठ २४ । नेपालमा एकै दिन थप ३२३ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्