एकैदिन थप २१३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो



काठमाडौ,जेठ २५ । नेपालमा एकैदिन थप २१३ जनामा कोरोना पुष्टि भएको छ ।

आईतबार कोरोना बारे जानकारी दिन सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बितेको २४ घण्टामा थप २ सय १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना पुष्टि हुनेको ३४ सय ४८ संख्या पुगेको छ । यसैगरि आज थप १०२ जना कोरोना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना निको हुनेको संख्या ४६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्