उपसभामुख तामाङद्धारा नुवाकोटका बिकासे  योजनाको अनुगमन



नुवाकोट,जेठ २५ । नुवाकोटका नेतृ तथा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले जिल्लाको विकास निर्माणका गतिविधिको अनुगमन गरेका छन । उपसभामुख तामाङले  शनिबार आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दुप्चेश्वर तथा तादी गाउँपालिकाको विविध योजना तथा बिकासनिर्माणका गतिविधि अनुगमन गरेका हुन ।

प्रदेश सरकारबाट बिनियोजित रकम स्थानीय स्तरमा सहि सदुपयोग भए नभएको अनुगमन गर्दै  उपसभामुख तामाङले लकडाउन अवधिमा समेत बिकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सकिने बताउनुभयो।उपसभामुख तामाङले बिकास निर्माणको काममा स्थानीय सरकार र कार्यान्वयन इकाइलाइ जिम्मेवार भै गुणस्तरीय र मापदण्ड अनुरुप काम गर्न समेत  निर्देशन दिएका छन  ।

अनुगमनका क्रममा दुप्चेश्वर गाउँपालिकाका प्रमुख योबिन्द्र सिह तामाङ, वडा नम्बर ६ का अध्यक्ष  किशोर आचार्य, इलाका प्रहरी कार्यालय खरानीटारका प्रमुख  कमला नराल , वडा सदस्य  राजकुमार श्रेष्ठ , नेकपा दुप्चेश्वरका सचिव शंकर थापा  लगायतको सहभागिता रहेको थियो ।

सडक निर्माण अनुगमनका क्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङ

उपसभामुखको अगुवाइमा भएको अनुगमनमा दुप्चेश्वर माध्यामिक विद्यालयको वाल कम्पाउण्ड,दुप्चेश्वर मन्दिर परिसर निर्माण अनुगमन,रामति -सिम्टाङ – कालाभन्ज्याङ सडक अनुगमन , समुन्द्रटार स्वास्थ्य चौकी भवन योजना,सातबिसे-देउराली -बागमारा सडक लगायतको अनुगमन सम्पन्न भएको बागमती प्रदेश  उपसभामुख सचिवालयले जनाएको छ।

तत्काल जिल्लाका अन्य क्षेत्रमा समेत बिकास निर्माणका गतिविधि अनुगमनलाई निरन्तरता दिइने श्रोतले जनाएको छ।

सडक निर्माण अनुगमनका क्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङ

प्रतिक्रिया दिनुहोस्