प्रदेश ५ कोरोना अपडेट : संक्रमित कहाँ कति?



रुपन्देही,जेठ २६ । प्रदेश नम्बर ५ का सबै जिल्लामा कोरोनाभाइरस (कोभिड १९) फैलिएको छ। यहाँ दिनहु संक्रमित भेटिन थालेका छन। रोजगारीका लागि भारत गएकाहरू नेपाल फर्किने क्रम बढेसँगै संक्रमित संख्या पनि ह्वात्तै बढेको हो। बाँकी प्रदेशमध्ये प्रदेश ५ दोस्रो स्थानमा छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश नं ५ मा सोमबार सांझ सम्म कोरोना संक्रमित संख्या १ हजार २०६ पुगेको छ । हाल सम्म प्रदेशन ५ का १२ जिल्ला मध्ये सबैभन्दा धेरै कोरोना संक्रमित कपिलबस्तुमा भेटिएका छन।

निर्देशनालयका अनुसार कपिलबस्तु- ५५८, बाँके- २७९, रुपन्देही- १३७, दाङ- ८१, बर्दिया- ६०, अर्घाखाँचि ३६, नवलपरासी- २१, प्युठान- १२, पाल्पा-९ , गुल्मी- ७, रुकुमपूर्व-३ र रोल्पामा ३ जना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये हालसम्म १ सय ४४ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। संक्रमण देखिएकामध्ये ५ जनाको भने मृत्यु भएको निर्देशनालयले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्