रुपन्देहीमा ५ जनाको सामुहिक हत्या



रुपन्देही,जेठ २७ । सोमबार राति रूपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको छ।

जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंवर १० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेको प्रहरीले बताएको हो । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना गएरातिको हो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । यद्दपी,मृतकहरु को को हुन् भन्ने खुलेको छैन। उनिहरु सबै स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने मजदुर रहेको स्थानियले बताए।

प्रहरीले घटनाको अनुसन्धान गर्न एकजनालाई पक्राउ गरेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्