खोटाङका दिलबहादुर पुरी रुखबाट लडेर गम्भीर घाइते,सहयोगको याचना



काठमाडौ,जेठ २७ । खोटाङका दिलबहादुर पुरी रुखबाट लडेर गम्भीर घाइते भएका छन। खोटाङ जिल्ला बाकाचोल घर भएका पुरी रुखको सेउला काट्ने क्रममा तीस मिटर रुखबाट जमिनमा पछारिएका थिए।

हाल काठमाडौँस्थित बुढानीलकण्ठ नगरपालीका वडा न ११ मा बस्दै आएका दिल बहादुरको रुखबाट लडेर ढाड भाच्चिएको छ । उपचारका क्रममा १५ लाख सकिएको उनका आफन्त राजु गौतमले बताएका छन।थप उपचारार्थ ५ लाख बढी लाग्ने सहयोगी संस्था बाल सचेतना केन्द्रका कोषाध्यक्ष शर्मिला उप्रेतीले जनाएका छन।

संस्थाका उप्रेतीले देश बिदेशबाट सहयोगी मनहरुले सहयोग गरी पुरीको बाच्ने चाहाना पूरा गरिदिन सबैलाई आग्रह गरेका छन। उपचारको क्रममा धेरै पैसा खर्च भएको र थप उपचारमा आर्थिक अभाब भएकोले सहयोगको अपिल गर्दछौ, संस्थाले भनेको  छ ।

सहयोगी मनले बाल सचेतना केन्द्रको खाता नम्बर १४२००००३३८२०१ (राष्ट्रिय वाणिज्य बैंक नया बानेश्वोर शाखा) मा रकम जम्मा गर्न सक्नेछन् त्यस्तै सम्पर्क बिरामीको:९८६१६९१०१३,९८४१३६३६६७
संस्थाको:९८५११२२५१६,९१४३०७२८१६ मा सम्पर्क गर्न सकिनेछ ।

हेर्नुस् घाइतेको अवस्था

प्रतिक्रिया दिनुहोस्