प्रतिनिधिसभा बैठकबाट संविधान संसोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत



काठमाडाैँ,जेठ २७ । मंगलबारको प्रतिनिधिसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यस् प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थन दिएका छन। साथै सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि राखेको प्रस्तावमा समेत स्वीकृति पाएको छ ।

बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिसकेको छ । सभामुखले स्वीकृत भएको घोषणा लगत्तै समर्थनका ताली गुन्जिएको थियो।

सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो ।

उनले हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ भन्दै सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएर यसलाई मुर्तरुप दिलाउन सहयोग गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्