कर्णालीमा टिप्पर खस्यो,३ दर्जन बढी बेपत्ता



कालीकोट,जेठ २८ । कालिकोटस्थित  रास्कोट नगरपालिका लालीघाट बजार नजिकै एक टिप्पर  कर्णालीमा खसेको छ । उक्त टिप्पर लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे बताइएको छ।

टिप्परमा ३० जना बढी यात्रु रहेकाे श्रोतले जनाएको छ । 

घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार तीन जनाको शव भेटिएको र ३० भन्दा बढी हराइरहेको बताइएको छ ।

उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गैसकेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताएका छन्  । 

प्रतिक्रिया दिनुहोस्