नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुग्यो



काठमाडौ ,जेठ २८ ।नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ। बुधबार एकैदिन २७९ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएसंगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ ।

जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्