बितेको २४ घण्टामा २५० जना कोरोना संक्रमित थपिए



काठमाडौं,जेठ २९ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

यता पछिल्लो २४ घन्टामा १ सय ८७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । योसंगै संक्रमितमध्ये ८ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्