बालुवाटार बाहिर हज्जारौंको प्रदर्शन (भिडियो सहित)



काठमाण्डौं,जेष्ठ २९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर  हजारौको संख्यामा भेला भएकाले  नाराबाजी र प्रदर्शन गरेका छन् ।

केहि दिन यतादेखि जारी रहेको प्रदर्शनमा १० अर्बको हिसाबकिताब  सार्वजनिक गर्नु पर्ने, कोरोना नियन्त्रणमा सरकारले उच्च ध्यान दिनुपर्ने, मनोमानी कर बृद्धि गरिएकाले यसको उचित समाधानका उपाय अवलम्बन गर्नुपर्ने लगायतका माग राख्दै  उनीहरुले प्रदर्शन गरेका हुन् । बिहीबार भने बालुवाटार बाहेक भाटभटेनी नजिक पनि यस्तै नारावाजी सहित  प्रदर्शन भएको छ ।

मंगलबार जस्तै आज पनि आन्दोलनकारीलाई पानीको फोहोरा हानिएको र केही अश्रुग्यास समेत प्रहार गरिएको आन्दोलनकारीले बताएका छन् ।

लकडाउनको बिच भएको प्रदर्शनमा प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार , प्रहरी हस्तक्षेप बन्द गर’ जस्ता नारा पनि लगाएका छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्