नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ पुग्यो

नुवाकोट,जेठ २९ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । बिहिबार नुवाकोटमा १ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७ पुगेको हो । तारकेश्वर गाउँपालिकाका एक ३४ वर्षिया पुरुषमा कोराना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पिसिआर परीक्षणबाट आज दिउँसो संक्रमित भएको पुष्टि भएको भन्दै स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले साँझ विज्ञप्ती जारी गर्नुभएको छ ।
बुधबार भेटिएका संक्रमित म्यागाङ गाउँपालिकाको थिए । अहिले त्रिशुली अस्पतालको आइसोलेसनमा म्यागाङ गाउँपालिकाका ३ जना, विदुर नगरपालिकाका १ जना, बेलकोगढी नगरपालिकाका १ जना र तारकेश्वर गाउँपालिकाका कोरोना संक्रमितको उपचार भइरहेको छ । ती सबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
संक्रमितमध्ये एक जना भने संक्रमणबाट मुक्ति पाई घर फर्किएका छन् ।
