भारतीय समुहद्वारा सीमामा खटिएका  शसस्त्र प्रहरीमाथि आक्रमण



काठमाडौ, जेष्ठ ३० । भारतीय समुहद्वारा शसस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । सर्लाहीमा पर्ने भारतसँगको  सीमा जोडिएको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शसस्त्र प्रहरीमाथि आक्रमण गरी शुक्रबार बिहान हतियार समेत खोसेको छ ।

ड्युटीमा खटिएका प्रहरीको हतियार खोस्न थालेपछि शसस्त्र प्रहरीले प्रतिकार गरेको थियो । प्रतिकारका क्रममा  शसस्त्रले लुटेरालाई घुडा मुनी गोली हानी हतियार लुट्ने मध्ये २ जनालाई पक्राउ समेत गरेको छ । गोली लागेकामध्ये एक भारतीयको अवस्था भने रहेको बताईएको छ ।

दुबै देशले नाका सिल गरेको समयमा पनि जबरजस्ती नेपाल छिर्न खोजेपछि रोक्ने क्रममा शसस्त्रमाथि उल्टै भारतीयहरुले आक्रमण गरेर हतियार खोसेका थिए । भारतबाट आएका सयौंको संख्यामा रहेका भारतीयहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगेको खबर छ ।

पछिल्लो क्रममा मेचीदेखि तराईका विभिन्न जिल्लामा सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय तस्कर समुहले आक्रमण गर्दै आएको घटना सार्वजनिक भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्